RECENT NEPALI MOVIE

Friday, January 6, 2012

यु ट्यूब सर्च गर्ने हो भने सबैभन्दा बढि जीवन

नायक जीवन लुईटेल पछिल्लो समयमा व्यस्त नायक हुन् । एक पछि अर्को चलचित्र रिलिज हुँदैछन् भने सुटिङ पनि लगातार रूपमा नै भईरहेका छन् । संख्यात्मक रूपमा उनले अभिनय गरेका चलचित्रको व्यापार ठिकै रहे पनि गीत भने निकै चर्चामा छन् ।

वास्तवमा भन्ने हो भने जीवनलाई चर्चामा ल्याउन उनको अभिनय भन्दा बढि गीतले साथदिएको छ । लिड रोलमा अभिनय गरेको पहिलो चलचित्र 'नसिब आफ्नोको 'आफू भन्दा प्यारो हुन्छ मिठो माया दिने मान्छे...', 'नाइ नभन्नु लको शिर्ष गीत 'नाइ नभन्नु ल...ले हरेक दर्शक स्रोतालाई मन्त्र मुग्ध बनायो । अझ पछिल्लो चलचित्र 'अन्दाजको 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...ले त जीवनलाई नाइ नभन्नु ल पछि एक पटक फेरि शिखरमा पुर्‍यायो ।
प्रस्तुत गीतका संगीतकार र गायक गायिका त हिट हुने नै भए त्यसको साथमा ति गीतमा डान्स गर्ने कलाकार त झनै हिट भए । हुनत जीवन राम्रो डान्स गर्ने कलाकार हैनन् तर पनि उनको भाग्य बल्यो छ जुन गीतमा नाच्छन् त्यो गीत हिट नै हुन्छ । पछिल्लो समय बढ्दो अनलाईन क्रेजलाई साथ लिएका दर्शकहरू माझ त झन् जीवन निकै हिट बनेका छन् । उनले अभिनय गरेको चलचित्र 'नाइ नभन्नु लका तीन प्रमुख गीतहरू 'नाइ नभन्नु ल...', 'कुन शृष्टिकी परी...र 'म मर्ने बेला...लाई यु ट्यूबमा लाखौं दर्शकले हेरिसकेका छन् । त्यसैगरी अन्दाजको 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...पनि त्यत्तिकै मात्रमा हिट छ 

यु ट्यूब सर्च गर्ने हो भने सबैभन्दा बढि जीवनले अभिनय गरेका चलचित्रका गीत क्लिक गरेको भेटिन्छ । त्यसैले पनि उनलाई अहिले पछिल्लो पुस्ताका 'यु ट्यूबका हिट हिरोभन्न थालिएको छ । 
 
________________________________________________________________________________________________________
-----------------Disclaimer ------------Privacy Policy DMCA Policy